सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बस दुर्घटनामा एकको मृत्यु

बस दुर्घटनामा एकको मृत्यु

940
Shares
बस दुर्घटनामा एकको मृत्यु

पोखरा  । पोखरा महानगरपालिका-२७ डाँडाकोनाक जारी पोखरा लेखनाथ महोत्सवको प्रवेश गेटमा शनिबार बिहान बस दुर्घटना भएको छ ।

दुर्घटनामा एकको मृत्यु भएको छ । बागलुङबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ८३५६ नम्बरको बस दुर्घटना हुँदा ३० वर्षीय ईश्ववती कुमारीको मृत्यु भएको हो । 

 ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । महोत्सवमा बाटा (गमला) बिक्री गर्ने भारतीय नागरिक कुमारीको बसको ठक्करले मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिएका छन् ।

सोही बसको ठक्करबाट तनहुँका ३६ वर्षीय रामजी गन्धर्व र ४६ वर्षीया चिजमाया गन्धर्वसमेत घाइते भएका छन् । घाइतेको लेखनाथ सिटी अस्पतालमा उपचार भइरहेको र बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको प्रवक्ता विकले जानकारी दिए ।

940
Shares

ट्रेन्डिङ