सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • १५ वर्षीया किशोरी बलात्कृत

१५ वर्षीया किशोरी बलात्कृत

715
Shares
१५ वर्षीया किशोरी बलात्कृत

काठमाडौँ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । बुढानीलकण्ठ नगरपालिका-२ भंगाल डेरा गरी बस्ने उदयपुर घर भएका २४ वर्षीय दिल बहादुर तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

तामाङले ती किशोरीलाई भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठ बाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

715
Shares

ट्रेन्डिङ