सबैको समाचार
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बिहेमा हुने भोज खर्च कटाएर गाउँमा निःशुल्क स्वास्थ्य शिविर

बिहेमा हुने भोज खर्च कटाएर गाउँमा निःशुल्क स्वास्थ्य शिविर

620
Shares
बिहेमा हुने भोज खर्च कटाएर गाउँमा निःशुल्क स्वास्थ्य शिविर

 गुल्मी । गुल्मीका एक युवाले आफ्नो विवाहको खर्च रकम कटाएर गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका- ३ भाँडगाउँका मोहन बस्नेतले बिहेको भोज खर्च कटाएर गाउँमै विशेषज्ञ चिकित्सकसहितको एक दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका हुन् ।

निःशुल्क स्वास्थ्य शिविरमा भाँडागाँउका वडाकासँगै सदरमुकाम तम्घास र अन्य ठाउँबाट समेतका मानिसहरुको सहभागिता रहेको थियो । गत मंसिर १३ गते विवाह गरेका बस्नेतले विवाहलाई भडि्कलो नबनाइ थोरै रकम भए पनि मानवीय सेवामा लगाएको बताए ।

शिविरमा लुम्िबनी प्रादेशिक अस्पताल बुटवलका स्त्रीरोग विशेषज्ञ डाक्टर नवीन तिरुवा, कन्सल्टेन फिजिसियन डाक्टर शम्भु खनाल, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर रमेश अर्याल र टाउको तथा मनोरोग विशेषज्ञ डाक्टर आशिम रेग्मीसहितले सेवा प्रदान गरेका थिए ।

शिविरमा निःशुल्क रुपमा औषधी वितरण, इसिजी, रगत परीक्षण र भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो ।

620
Shares

ट्रेन्डिङ