सबैको समाचार
शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • माछा मार्न गएका पुरुष मृत फेला

माछा मार्न गएका पुरुष मृत फेला

450
Shares
माछा मार्न गएका पुरुष मृत फेला

हेटौँडा । मकवानपुर बागमती गाउँपालिका ४ स्थित बागमती नदीमा एक पुरुष मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा बागमती गाउँपालिका ४ झारझुरेका वर्ष ३५ का गोपाल थिङ  रहेका छन् । खोलामा माछा मार्न जान्छु भनेर आइतबार दिउँसो घरबाट निस्केका थिङ अबेरसम्म पनि घरमा नफर्केपछि आफन्तहरूले खोजतलास गर्दै जाने  क्रममा सोमबार बिहान २ः१५  बजे बागमती नदीमा मृत अवस्थामा फेला  परेका हुन् ।

 प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ । 

 

450
Shares

ट्रेन्डिङ