सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • आज यी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु

आज यी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु

945
Shares
आज यी प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुस्सु

काठमाडौं,माघ ५ : देशको मध्य र पश्चिम तराईका केही भू-भागमा अहिले हुस्सु/कुहिरो लागिरहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव छ । अहिले कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सफा छ ।

आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम रहने महाशाखाले नियमित बुलेटिनमार्फत जनाएको छ ।

तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकाले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणमा अपिलसमेत गरेको छ ।

945
Shares

ट्रेन्डिङ