सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • श्रीमान्–श्रीमती मृत फेला

श्रीमान्–श्रीमती मृत फेला

490
Shares
श्रीमान्–श्रीमती मृत फेला

पाल्पा | पाल्पामा सोमबार श्रीमान्-श्रीमती मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रिब्दीकोट गाउँपालिका–८, फेक काहुलेका ४२ वर्षीया श्यामकला गाहा र उनकै श्रीमान् ५३ वर्षीय अम्मरबहादुर गाहा रहेको प्रहरीले जनाएको छ ।

श्रीमती श्यामकला आफ्नै घरमा सुतिरहेको अवस्थामा मृत फेला परेकी थिइन् । श्रीमान् अम्बरबहादुर घरकै अर्को कोठामा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट अनुसन्धान टोली खटिएको थियो । दुबैको जिल्ला अस्पताल पाल्पामा पोस्टमार्टम गरिएको छ ।

त्यस्तै रिब्दीकोट गाउँपालिका–२, देउराली डम्बकका ६५ वर्षीय भक्तबहादुर सार्की आफ्नै गोठको तल्लो तलामा मृत अवस्थामा फेला परेका छन् । प्रहरी चौकी हार्थोक र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट घटनाको अनुसन्धान अघि बढाइएको छ ।

दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

490
Shares

ट्रेन्डिङ