सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • नापी सर्वेक्षकसहित ३ जना २ लाख ५० हजार घुससहित पक्राउ

नापी सर्वेक्षकसहित ३ जना २ लाख ५० हजार घुससहित पक्राउ

720
Shares
नापी सर्वेक्षकसहित ३ जना २ लाख ५० हजार घुससहित पक्राउ

ललितपुर | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अढाई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।

आयोगले मंगलबार गरेको स्टिङ अपरेसनमा नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित नापी कार्यालय परिसरबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनीहरूले घुस मागिरहेको सूचनाका आधारमा अख्तियारले स्टिङ अपरेसन गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताए ।

720
Shares

ट्रेन्डिङ