सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • जलेको अवस्थामा एक युवकको शव फेला

जलेको अवस्थामा एक युवकको शव फेला

760
Shares
जलेको अवस्थामा एक युवकको शव फेला

जनकपुरधाम | सिरहामा पराल हालेर जलाएको अवस्थामा एक युवकको शव फेला परेको छ ।

सिरहाको धनगढीमाई नगरपालिका ६ स्थित गागन खोला जलाएको अधकल्चे अवस्थामा अन्दाजी २५/२६ वर्षीय युवकको शव फेला परेको हो ।

सिरहाका प्रहरी उपरीक्षक टेकुइवा लिम्बुका अनुसार आज शुक्रबार बिहान ११ बजेतिर स्थानीयबासिन्दाले अर्धकल्चो जलेको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पराल झारपातले शव जलाउन खेजिएको जस्तो देखिएको एसपी लिम्बुले बताए ।

मृतकको पहिचान खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाएको छ ।

घटनास्थलको प्रकृति हेर्दा हत्या गरेर हतारहतार जलाउने खोजेको जस्तो देखिएको प्रहरीको भनाइ छ ।

घटना विषयमा थप अनुसन्धान गरिरहेको एसपी लिम्बुले बताए ।

760
Shares

ट्रेन्डिङ