सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • शेयर बजार लगातार साताैँ दिन घट्याे

शेयर बजार लगातार साताैँ दिन घट्याे

565
Shares
शेयर बजार लगातार साताैँ दिन घट्याे

काठमाण्डाै | शेयर बजार लगातार सातौँ दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव ९४ अङ्कले घटेर दुई हजार ८४ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।

आज बैंकिङ, विकास बैंक, फाइनान्स, म्युचल, व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा होटल तथा पर्यटन, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सिटिजन म्युचल फन्ड–२ को शेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन साम्लिङ पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज एक करोड ६८ लाख कित्ता शेयर तीन अर्ब ७६ करोड ४५ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्स कम्पनीको २८ करोड ६७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

यो हप्ता शेयर बजार समग्रमा ७१ अङ्कभन्दा धेरैले घटेको छ । यस्तै कारोबार रकम घट्ने क्रम पनि रोकिएन । गएको आइतवार सात अर्बभन्दा धेरैको कारोबार भएकोमा हप्ताको अन्तिम दिन साढे तीन अर्ब रुपैयाँमा खुम्चियो ।

565
Shares

ट्रेन्डिङ