सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल बन्दको पूर्वसन्ध्यामा काभ्रेमा विप्लवको मसाल जुलुस

नेपाल बन्दको पूर्वसन्ध्यामा काभ्रेमा विप्लवको मसाल जुलुस

5745
Shares
नेपाल बन्दको पूर्वसन्ध्यामा काभ्रेमा विप्लवको मसाल जुलुस

 

काभ्रेको बनेपा र पाँचखालमा पेट्रोलियम पदार्थको मुल्यवृद्धिविरुद्ध मसाल जुलुस निकालिएको छ ।

भोलि नेपाल बन्दको घोषणा गरेको नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले नेपाल बन्दको पूर्वसन्ध्यामा मसाल जुलुस निकालेका हुन् । विप्लवले मुल्यवृद्धिविरुद्ध विभिन्न विरोधका कार्यक्रमको घोषणा यसअघि नै गरेको थियो ।

नेपाल आयल निगमले एक महिनामै दुई पटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेको थियो । पछिल्लो पटक गत २४ गते निगमले इन्धनको मूल्य बढाएको थियो । यसको चौतर्फी विरोध भइरहेका बेला विप्लवले २५ गतेदेखि नै विरोधका कार्यक्रम निरन्तरता दिईरहेको छ ।

जनताको ढाड सेक्ने गरी मुल्यवृद्धि गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले भोली नेपाल बन्दको आह्वान गरेको छ ।

 

5745
Shares

ट्रेन्डिङ