सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

३ दिनदेखि उडान प्रभावित

365
Shares
३ दिनदेखि उडान प्रभावित

धनगढी | गएको ३ दिनदेखि धनगढी–काठमाडौँको उडान प्रभावित भएको छ । गएको शुक्रबारदेखि लागेको बाक्लो हुस्सुको कारण उडान प्रभावित भएको जनाइएको छ ।

धनगढी विमान स्थल कार्यालयका वरिष्ठ अधिकृत दीपक भट्टका अनुसार शुक्रबार धनगढी–काठमाण्डौंको एउटा मात्र उडान भयो । भने शनिबार सबै उडान ठप्प भएको भट्टले जानकारी दिए । आज आइतबार पनि बिहानैदेखि अकास नखुलेकोले दिउँसो मात्रै उडानबारे थाहा हुने बताइएको छ ।

धनगढीबाट उडान भर्नका लागि १७०० मिटरसम्म आँखाले देखिनुपर्ने हुन्छ । तर आज १०० मिटरसम्म मात्रै देखिएको बताइएको छ ।

यहाँबाट बुद्ध एयरको २ र श्रीएयरको ४ वट गरी दैनिक ६ वटा उडान हुँदै आएको छ ।

365
Shares

ट्रेन्डिङ