सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • छुट्टाछुट्टै सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु

छुट्टाछुट्टै सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु

555
Shares
छुट्टाछुट्टै सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु

धनगढी । कैलाली र कञ्चनपुरमाभएका छुट्टाछुट्टै सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

शनिबार कैलालीको धनगढी उपमहानगरपालिका-१८ को फूलबारी र कञ्चनपुरको वेदकोट नगरपालिकामा भएका दुर्घटना बालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वेदकोट नगरपालिका-६ सिसैयामा से१त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट बैतडीको दोगडाकेदारका ६ वर्षीय लवचन्दको मृत्यु भएको हो । वेदकोट नगरपालिका-६ स्थित मामा घरमा बस्दै आएकाचन्दको शनिबार साँझतिर घर नजिकै खेलिरहेको अवस्थामा ट्याक्टरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो ।

शनिबार नै धनगढी- १८ को फूलबारी ई गाँउमा से५प ४७७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक धनगढी-१२ जुगेडा बस्ने २८ वर्षीय पप्पुबहादुर कामीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

555
Shares

ट्रेन्डिङ