सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • सरकारले जीबी राईलाई समात्न नचाहेको रवि लामिछानेको आरोप

सरकारले जीबी राईलाई समात्न नचाहेको रवि लामिछानेको आरोप

630
Shares
सरकारले जीबी राईलाई समात्न नचाहेको रवि लामिछानेको आरोप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सहकारी ठगी प्रकरणका आरोपित गितेन्द्रबाबु (जीबी) राईलाई पक्रिन नचाहेको आरोप लगाएका छन् ।

कर्णाली प्रदेशका पार्टी कार्यकर्ताहरुले काठमाडौंमा गरेको भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले गृहमन्त्री नारायणकाजी श्रेष्ठले वास्तविक रुपमा सहकारी पीडितहरुलाई न्याय दिन नचाहेको आरोप पनि लगाए ।

पीडितलाई न्याय दिलाउनको साटो सरकार आफूलाई फसाउन गल्ती र कमजोरी खोज्न लागेको पनि रबिले आरोप लगाए ।

‘रवि लामिछानेको केही भेटिन्छ कि खोज्नुहोस् त । यता खोज्नुस् । त्यहाँ खोज्नुस् त केही भेटिन्छ कि भनेर यति समय लाउनुभयो,’ उनले भने, ‘केही भए पो पाउनु ? भए त किन छोड्थे र ?’

गृहमन्त्रीलाई सहकारी पीडितलाई न्याय दिनु भन्दा पनि आफूलाई दोषी देखाएर थुन्नुपरेको रबिको आरोप छ । उपप्रधानमन्त्री भइसकेको टोपबहादुर रायमाझीलाई समाउन सक्दा जीबीलाई किन समाउन नसकेको भनि उनले प्रश्न पनि गरे ।

‘जीबी राई समाउनतिर लागेको हो र ? रवि लामिछाने भेटिन्छ कि भनेर लागेको हो । समाउन लागे समाउन सक्दैन ? उपप्रधानमन्त्री समात्नुभएको होइन उहाँहरुले ? उपप्रधानमन्त्री भइसकेको टोपबहादुर रायमाझीलाई समात्न सक्नुभएको होइन उहाँहरुले ? समाउन खोजेको भए सक्नुहुन्न थियो र ?’ उनले प्रश्न गरे ।

630
Shares

ट्रेन्डिङ