सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • पूर्व राजा ज्ञानेन्द्र काभ्रेमा

पूर्व राजा ज्ञानेन्द्र काभ्रेमा

1465
Shares
पूर्व राजा ज्ञानेन्द्र काभ्रेमा

पूर्व राजा ज्ञानेन्द्र शाह काभ्रे आउनु हुने भएको छ । शाह आज काभ्रे आउन लाग्नु भएको हो ।

सुरक्षा स्रोतका अनुसार धुलिखेल नगरपालिका वडा नम्बर ११ मा रहेको ‘दुसित थानी हिमालयन रिसोर्ट’ होटलमा शाह बस्नुहुनेछ । शाहको यो नितान्त ब्यक्तिगत भ्रमण हो । धुलिखेलको ‘दुसित थानी हिमालयन रिसोर्ट’ थाइल्याण्डको चर्चित रिसोर्ट थाई होटलको ब्राण्ड हो । यो अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रिसोर्ट हो ।

शाह आउने भनेपछि अरनिको राजमार्गमा ठूलो संख्यामा सुरक्षा कर्मी परिचान गरिएको छ । खासगरी मानिसका भिड हुने शहर र चोकमा सशस्त्र प्रहरी सुरक्षामा खटिएको छ । यो रिसोर्ट दुई अर्ब ५० करोड रूपैयाँ लगानीमा बनेको हो ।

दुसित थानीकै व्यवस्थापनमा चल्ने यो रिसोर्टको बनावट पनि थाइल्यान्डकै शैलीमा छ । रिसोर्ट ६३ रोपनी जमिनमा फैलिएको छ ।

1465
Shares

ट्रेन्डिङ