सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गौतमबुद्ध रंगशालाका लागि बागमती सरकारले गर्‍यो ५२ करोड ५० लाख बजेट सुनिश्चित

गौतमबुद्ध रंगशालाका लागि बागमती सरकारले गर्‍यो ५२ करोड ५० लाख बजेट सुनिश्चित

640
Shares
गौतमबुद्ध रंगशालाका लागि बागमती सरकारले गर्‍यो ५२ करोड ५० लाख बजेट सुनिश्चित

हेटौंडा । बागमती प्रदेश सरकारले चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि बजेट सुनिश्चित गरी ठेक्का आह्वान गर्न स्वीकृत गरेको छ ।

मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्का आह्वान गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

चितवनको भरतपुर नगरपालिकामा रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले पैसा जुटाउन कठिन भएको भन्दै निर्माणको कामबाट हात झिकेको छ । अब बाँकी संरचना भने बागमती प्रदेश र भरतपुर महानगरपालिकाले बनाउनेछन् ।

यसअघि रंगशाला निर्माणमा प्रदेश सरकारले ७० प्रतिशत र भरतपुर महानगरपालिकाले ३० प्रतिशत लगानी गर्ने सहमति भएको थियो । भरतपुर महानगरपालिकाले तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार प्रदेश सरकारले ५२ करोड ५० लाख रुपैयाँ र भरतपुर महानगरपालिकाले २२ करोड ५० लाख रुपैयाँ लगानी गर्नेछन् ।

मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षका लागि संघीय सरकारको समपूरक र विशेष अनुदानका लागि १०–१० वटा आयोजना पनि सिफारिस गरेको छ । समपूरकतर्फ संघीय सरकार र प्रदेश सरकारको सहलगानी रहनेछ भने विशेष अनुदानका योजनामा संघीय सरकारको एकल लगानी रहनेछ ।

640
Shares

ट्रेन्डिङ