सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • अनलाइन जुवा खेलाउने ६ जना पक्राउ

अनलाइन जुवा खेलाउने ६ जना पक्राउ

1075
Shares
अनलाइन जुवा खेलाउने ६ जना पक्राउ

ललितपुर | अनलाइन जुवा र क्यासिनो खेलाएको आरोपमा नेपाल प्रहरीले ललितपुरबाट ६ जनालाई पक्राउ परेको छ । अनलाइनमा जुवा र क्यासिनो खेलमा बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई सट्टाबाजी गराएर खेलाउने गरेको आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ललितपुरको निवासी अंकित श्रेष्ठ, आमोश राई, निका राई, विजय थापा, पर्वत पुन र डेकर राई रहेका छन् । उनीहरूले मेगन गेल, किरी रकजस्ता फेसबुक अकाउन्टहरुबाट र ह्वाट्सएप र टेलिग्राममार्फत विभिन्न अनलाइन ग्याम्ब्लिङ प्ल्याटफर्मको प्रयोग गरी अनलाइन क्यासिनो खेलहरू खेलाउने गरेको प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

उनीहरूको साथबाट विभिन्न कम्पनीको ल्यापटप ६ थान, राउटर २ थान, कम्प्युटर ३ थान, मनिटर २ थान, सीपीयू १ थान र विभिन्न कम्पनीको मोबाइल १४ थान बरामद गरेको छ । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

1075
Shares

ट्रेन्डिङ