सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ५० हजार नदिएको रिसमा हत्या

५० हजार नदिएको रिसमा हत्या

615
Shares
५० हजार नदिएको रिसमा हत्या

काठमाडौँ | काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले उनीसँगै बस्ने युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका विकाश थापामगर छन् ।

ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका दिपेश प्लम्बर हुन् । माघ २७ मा टोखा नगरपालिका–६ धापासीस्थित जस्ताको टहरोमा शव फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो । अनुसन्धान गर्दै जाँदा उनीसँगै काम गर्ने मजदुरले हत्या गरेको थाहा भएको काठमाडौँका एसएसपी भुपेन्द्र खत्रीले बताए ।

हत्यामा संलग्न आरोपी १८ वर्षका विकाश मृतककै गाउँले हुन् । प्लम्बर पेसामा आफूलाई सहयोग गर्नेगरी विकाशलाई उनले गाउँबाट ल्याएर सँगै राखे । महिनामा १५ हजार ‘तलब दिन्छु’ भनेर दिपेशले आरोपीलाई काठमाडौँ ल्याएको एसएसपी खत्रीले जानकारी दिए । काठमाडौँ आएको साढे २ महिनासम्म पैसा नपाएपछि विकाशले पैसा मागिरहेका थिए । तर, धापासीस्थित दिनेश खड्काको टहरोमा सँगै बस्ने हुनाले दिपेशले पैसा दिएका थिएनन् ।

काठमाडौँका एसएसपी खत्री भन्छन्,‘करिब ५० हजार पैसा लिनुपर्ने कुरा आरोपीले बारम्बार गरेपछि विवाद भएको देखिन्छ ।’

शनिबार दिपेश तरकारी पकाएर गाँजा माड्दै थिए । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार उनी गाँजा सेवनकर्ता हुन् । एकसुरमा गाँजा माडिरहेको अवस्थामा विकाशले उनलाई पछाडिबाट टाउकोमा ह्यामरले हिर्काए । त्यसपछि लगातार ह्यामरले हिर्काएर उनको हत्या गरेको सोमबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी खत्रीले जानकारी दिए । खत्री भन्छन्,‘ह्यामरको बिँड नभाँचिउन्जेलसम्म हिर्काएको देखिन्छ ।’

हत्यापछि उनी ढोकामा साँचो लगाएर भागेका हुन् । दुई दिनसम्म ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गर्दा दिपेश मृत अवस्थामा फेला परे । गाउँमा खसि र राँगो मार हान्न कहलिएका विकाश थापा मगरले हत्या गर्दा आफूलाई कुनै ‘पश्चाताप’ नभएको अनुसन्धान अधिकृतहरुसँग बताएका छन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘आरोपीले सहजै हत्या स्विकारेका छन् ।’

615
Shares

ट्रेन्डिङ