सबैको समाचार
सोमवार, बैशाख १७, २०८१

घर बाहिर सिटी र रियल विजयी

430
Shares
घर बाहिर सिटी र रियल विजयी

पेरिस | डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी र रियल म्याड्रिडले मंगलबार युरोपेली च्याम्पियन्स लिगमा घर बाहिर जित निकालेका छन् । अन्तिम १६ को पहिलो लेगको खेलमा सिटीले एफसी कोपनहेगनलाई ३–१ ले हरायो ।

यस्तै रियलले आरबी लाइपजिगलाई १–० ले पराजित गर्‍यो । यी जितसँगै दुवै टिमको क्वाटरफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । पेप ग्वार्डिओलाको सिटीले केभिन डे ब्रुएनाको गोलले अग्रता लिएको थियो ।

म्यागनस म्याटसनले कोपनहेगनका लागि बराबरी गोल फर्काए । त्यसपछि बर्नाडो सिल्भा र फोडे फोफानाले गोल गरे र सिटीको जित निश्चित गरे । अब इतिहाडमा हुने दोस्रो लेगको खेलका लागि कोपनहेगन भ्रमणमा निस्कनेछ ।

रियलको जितमा ब्राहिम डियाजले ४८ औं मिनेटमा निर्णायक गोल गरे । अब रियलले सान्टियागो बर्नाबाउमा हुने दोस्रो लेगमा लाइपजिगको आथित्य गर्नेछ ।

430
Shares

ट्रेन्डिङ