सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१

इपिएस भाषा परीक्षा हुँदै

500
Shares
इपिएस भाषा परीक्षा हुँदै

काठमाडौँ । आउँदो फागुन ७ देखि रोजगार अनुमति प्रणाली (इपिएस) कोरियन भाषाको परीक्षा हुने भएको छ । 

कोरियन भाषा परीक्षा फागुन ७ देखि हुने भएको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले रीक्षाको अघिल्लो दिन अर्थात् ६ गते आफ्नो सिफ्ट अनुसार इपिएस कार्यालय ग्वार्कोमा बायोमेट्रिक रजिस्ट्रेसन फिङ्गर प्रिन्ट दर्ताका लागि उपस्थित हुन परीक्षार्थीलाई आग्रह गरेको छ । 

शाखाका अनुसार परीक्षाको दिन परीक्षा केन्द्र भैँसेपाटीमा बायोमेट्रिक भेरिफाई हुने छ ।

परीक्षा समयभन्दा एक घण्टाअगाडि परीक्षा हलमा ओरेन्टेसन सुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी गराइने छैन । परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधन लैजान निषेध गरिएको छ ।

500
Shares

ट्रेन्डिङ