सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न दिएको प्रदेशहरुको दाबी

ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न दिएको प्रदेशहरुको दाबी

615
Shares
ट्रायलमा आफ्नै सवारी प्रयोग गर्न दिएको प्रदेशहरुको दाबी

 काठमाडौं । विभिन्न प्रदेशले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा सेवाग्राहीलाई आफ्नै सवारी प्रयोग गर्न दिएको दाबी गरेका छन् ।

 शुल्क तिरेर ट्रायल सेन्टरकै सवारी प्रयोग गर्नुपर्ने बाध्यात्मक व्यवस्था हटाउन भनेपछि विभिन्न प्रदेशहरुले यसअघि नै यस्तो व्यवस्था लागु भइसकेको दाबी गरेका हुन् । केही प्रदेशले भने अहिले सूचना निकालेर यस्तो व्यवस्था लागु गर्न निर्देशन दिएका छन् ।

अहिलेसम्म लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले यस्तो व्यवस्था लागु रहेको दाबी गरेका छन् । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशले सतर्कता केन्द्रलाई पत्र नै लेखेर यस्तो व्यवस्था लागू गरिसकेको दाबी गरेका छन् । मधेश प्रदेश सरकारले आफ्ना लाइसेन्स कार्यालयलाई यस्तो व्यवस्था लागु गर्न निर्देशन दिइसकेको छ ।

सतर्कता केन्द्रले सातै वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्र लेख्दै उक्त निर्देशन दिएको थियो । सतर्कता केन्द्रले भ्रष्टाचार निवारण ऐनलाई समेत उद्धृत गर्दै स्वेच्छाले सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन निर्देशन जारी गरेको थियो ।

615
Shares

ट्रेन्डिङ