सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ८४ वर्षीय पत्रकारको जीवनको भोगाई “मेरो ८ दशक” पुस्तक सार्वजनिक

८४ वर्षीय पत्रकारको जीवनको भोगाई “मेरो ८ दशक” पुस्तक सार्वजनिक

485
Shares
८४ वर्षीय पत्रकारको जीवनको भोगाई “मेरो ८ दशक” पुस्तक सार्वजनिक

काभ्रे | काभ्रेलाई मूल धलो बनाई २०३५ साल देखि निरन्तर पत्रकारीता गर्दै आएका ८४ वर्षीय विकुनारायण ताम्राकार ले आफ्नो जीवन ८ दशकको भोगाई समेटेर लेखीएको पुस्तक सार्वजनीक गरेका छन्।

पुस्तकमा काभ्रे र आसपासको क्षेत्रका धार्मिक र सामाजिक अवस्थाको बारेमा पुस्तकमा लेखेका छन्। भने संगै पनौतीमा रहेको सचितिर्थ धाम जहा १२ वर्षको एक पटक लाग्ने मकर मेलाका बारेमा पनि पुस्तकमा लेखेका छन्। बिकुनारायण ताम्राकारले सोहि मेला ७ औ पटक सहभागिता भएको र सोहि मेलामा भएको परिवर्तन समेत समाबेश गरेको बताउछन्।

बिकुनारायण कार्यक्रम सहभागी मात्र हुदैनन् , उनले सो क्रममा आफु सहभागी कार्यक्रमका प्रमुख अतिथि समक्क्ष आफुले बोकेको चिनो दिने तथा संगै फोटो खिच्ने गर्दछन। सोहि अन्तर्गत बहाल वाला रास्ट्रपति देखि पुर्व प्रधानमन्त्री देखि मन्त्रि सम्मका तस्विरहरु उनले आफ्नो पुस्तकमा सार्वजनिक गरेका छन्। उनको पुस्तक ४० पेज रहेको जसमा उनका लेख रचना र एतिहासिक तस्विरहरु समेत समाबेश गरिएको छ।

पुस्तक सार्वजनिक कार्यक्रममा पनौतीका मेयर राम शरण भण्डारीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो। पुस्तकमा समिलित विषयमा धुलिखेल अस्पतालका डा सुमन राज ताम्राकारले जानकारी गराएका थिए। उनले पुस्तकमा समावेश भएका विषय जानकारी गराउदै उहाले यो उमेरमा पनि यो खालको मेहेनत गर्दै सबै खाल्का कार्यक्रममा पुगी गरिरहनु भएको कार्यको प्रशंशा ब्यक्त गरेका थिए। उनले बिकु नारायण सो समुहका नागरिकका लागी प्रेरणाको श्रोत भएको दावी समेत ब्यक्त गरेका थिए।

कार्यक्रममा पत्रकार महासंघ काभ्रेका पुर्व अधक्क्ष इश्वरी ओझा , नारायण सापकोटा हालका अधक्क्ष बद्री राज तिमल्सिना लगाएत संचारकर्मिको बाक्लो उपस्थिति रहेको थियो।

485
Shares

ट्रेन्डिङ