सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • आज प्रतिनिधि सभा बैठक बस्दै

आज प्रतिनिधि सभा बैठक बस्दै

260
Shares
आज प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक बिहान ११ बजेका लागि तय भएको छ ।

आजको बैठकमा सभामुखले महिला तथा सामाजिक मामिला समितिका सभापति किररणकुमार साहले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने छन् । साथै राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

नयाँ गठबन्धन बनेपछि संसदको कार्यसूची पनि प्रभावित भएको छ । २१ गतेकै बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गर्ने तयारी गरिए पनि पछि सरेको छ ।

260
Shares

ट्रेन्डिङ