सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ४ सय १३ वटा पालिकामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न

४ सय १३ वटा पालिकामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न

335
Shares
४ सय १३ वटा पालिकामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान सम्पन्न

काठमाण्डौ | सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानअन्तर्गत देशभरका २४ जिल्लाका चार सय १३ वटा पालिकाका सबै बालबालिकाले खोप लगाएका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार ४३ जिल्लाका १ सय ८० पालिकामा खोप अभियान जारी छ ।

अहिलेसम्म झण्डै ६६ प्रतिशत अर्थात् ३७ लाख ९२ हजार ४ सय ६८ बालबालिकाले खोप लगाइसकेका छन् । शाखा प्रमुख डा गौतमले हिमाली भेगका आठ वटा जिल्लाका १ सय २२ वटा पालिकामा हिमपातका कारण खोप अभियान सञ्चालन हुन नसकेको बताउनुभयो ।

यही फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले पश्चिम रुकुम र जाजरकोट जिल्लाबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको हो ।

ती जिल्लाका कुल ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य छ ।

335
Shares

ट्रेन्डिङ