सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ५ बुदे सहमति पछि जिसस प्रमुख दिपक गौतमले तोडे अनशन

५ बुदे सहमति पछि जिसस प्रमुख दिपक गौतमले तोडे अनशन

1450
Shares
५ बुदे सहमति पछि जिसस प्रमुख दिपक गौतमले तोडे अनशन

काभ्रे । काभ्रे स्थित अरनिको राजमार्ग अन्तरगत धुलिखेल–खावा सडक बिस्तार तथा स्तरोन्नती नभएको भन्दै जिल्ला समन्वय समितिका प्रमुखले दबाब दिन बसेको अन्सन शनिबार तोडेका छन् ।

सडक बिस्तार कार्यमा भएकोे ढिलासुस्तीलाई लिएर शुक्रबार दिउँसो धुलिखेल नगरपालिका वडा नं ८ स्थित खावामा अन्सन बसेका थिए ।

निर्माण व्यवसायी गौरी–पार्वती निर्माण प्रा.लिका प्रोपाइटर राम कुमार थापा, सडक डिभिजन कार्यालय कार्यालय भक्तपुर, सडक विभागका उप–निर्देशक राम हरि पोख्रेल, संघीय सडक सुपरीवेक्षण कार्यालय काठमाडौं सुपरीवेक्षण इन्जिनियर अर्जुन अर्याल लगायत सँग गरिएको छलफलमा पाँच बुदे सहमतिमा अन्सन तोडिएको जिसस प्रमुख दिपक कुमार गौतमले बताए ।

सहमतिमा फाल्गुण १५ गतेसम्ममा कम्तिमा १०० जना जनशक्ति, ४ वटा एक्साभेटर, ७ वटा ट्रिपर लगायत निर्माण सामाग्री साइटमा परिचालन गरि निर्माण कार्यलाई द्रूत अघि बढाउने,  कार्य सन्तोषजनक नभएको खण्डममा सडक डिभिजन कार्यालयले जुनसुकै बेलामा ठेक्का तोड्ने, ठेक्का कार्यालयले तोडेपनि निर्माण व्यवसायीले अन्त कतै अन्त कतै उजुरबाजुर नगर्ने सहमति गरेपछि जिसस प्रमुख गौतमले अन्सन तोडेका हुन् । 

यस्तो छ ५ बुँदे सहमति:

1450
Shares

ट्रेन्डिङ