सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • भूकम्प अपडेट: मृत्यु हुनेको संख्या १२८ पुग्यो ,सयौँ घाइते

भूकम्प अपडेट: मृत्यु हुनेको संख्या १२८ पुग्यो ,सयौँ घाइते

1615
Shares
भूकम्प अपडेट: मृत्यु हुनेको संख्या १२८ पुग्यो ,सयौँ घाइते

काठमाडौं । जाजरकोटलाई केन्द्र बनाएर शुक्रबार मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरी ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ । भूकम्पमा १४० जना घाइते भएका छन् ।

भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार जाजरकोटमा ५५ र रुकुम पश्चिममा ८५ जना घाइते भएका छन् ।

घाइतेको जिल्ला अस्पताल र प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । जाजरकोट रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । लगत्तै लगातार ४.८, ४.२ र ४.३ म्याग्निच्युडका परकम्प गएका थिए ।

भग्नावशेषमा पुरिएकाहरुको उद्धारका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । केही सडकहरू बन्द भएका छन् ।

1615
Shares

ट्रेन्डिङ