सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • निःशुल्क स्वास्थ्य शिविरबाट पाँच हजार लाभान्वित

निःशुल्क स्वास्थ्य शिविरबाट पाँच हजार लाभान्वित

290
Shares
निःशुल्क स्वास्थ्य शिविरबाट पाँच हजार लाभान्वित

काठमाण्डौ | विराटनगर महानगरपालिकाले वडा नं १८ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सो शिविरमा पाँच हजारले स्वास्थ्य जाँच गराएका छन् । आर्थिक अभावका कारण विपत्रहरु अस्पताल जान समस्या हुने भएकाले वडामै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरिएको महानगरले जनाएको छ ।

स्वास्थ्य शिविरको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले आज अनुगमन गर्दै शिविरमा आउने नागरिकलाई कुनै समस्या हुन नदिन जाँचमा खटिएका स्वास्थ्यकर्मीलाई निर्देशनसमेत दिनुभयो । महानगरले भौतिक पूर्वाधारको विकाससँगै नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिएको उहाँले बताउनुभयो ।

विराट मेडिकल कलेजको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा सुगर, रक्तचाप, क्षयरोग, बालरोग, यौनरोग, स्त्री तथा प्रसूति रोग, आँखा, कान, दन्त, फिजिसियनलगायत सेवा उपलब्ध गराइएको महानगरको स्वास्थ्य महाशाखाका भोला तिम्सिनाले जानकारी दिनुभयो ।

शिविरमा आएका बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । सो अवसरमा महानगरको सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नं १८ का अध्यक्ष जितेन्द्र साहलगायतले वडाबासीलाई सहज होस् भनेर निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताउनुभयो ।

महानगरले गत वर्ष पनि १९ वटै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

290
Shares

ट्रेन्डिङ