सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • पार्सलमा आएको गाँजासहित ३ जना पक्राउ

पार्सलमा आएको गाँजासहित ३ जना पक्राउ

635
Shares
पार्सलमा आएको गाँजासहित ३ जना पक्राउ

वीरगन्ज । अमेरिकाबाट पार्सल गरी पठाइएको गाँजासहित ३ जना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा १ सिसौवारी निवासी २२ वर्षीय नैमोदिन मियाँ, २७ वर्षीय जितेन्द्र साह र २२ वर्षीय कृष्णा सर्राफ रहेका छन् । विशेष सूचनाका आधार लागूऔषध ब्युरो वीरगन्ज र जिल्ला प्रहरी कार्यालय बाराको टोलीले जिल्ला हुलाक कार्यालय बारा नजिकैबाट विदेशबाट आएको कार्टुनसहित ३ जनालाई पक्राउ गरेको हो। 

विदेशबाट आएको कार्टुनमा पोपर्कन मिक्स ट्रियो लेखिएको रातो रंगको टिनको डब्बाभित्र तीन प्याकेट गाँजा, ओल्ड फेसन्ड ओट्स लेखिएको डब्बाभित्र एक प्याकेट गाँजा र क्युक ओट्स लेखिएको डब्बाभित्र एक प्याकेट गरी १ किलो १४६ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

तीन जनामाथि लागूऔषध कसुरमा मुद्दा दर्ता गरी बारा अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

635
Shares

ट्रेन्डिङ