सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • काभ्रेमा स्कुटरले मोटरसाईकललाई ठक्कर दियो: १ जनाको मृत्यु, ३ जना घाईते

काभ्रेमा स्कुटरले मोटरसाईकललाई ठक्कर दियो: १ जनाको मृत्यु, ३ जना घाईते

490
Shares
काभ्रेमा स्कुटरले मोटरसाईकललाई ठक्कर दियो: १ जनाको मृत्यु, ३ जना घाईते

काभ्रे । काभ्रेको पनौती आईटिपार्कमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि घाईते भएका भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं ३ का ५७ वर्षिय प्रल्हाद थापा मगरको आज बिहान मृत्यु भएको हो ।

बिहिबार दिउँसो पनौतीाट बनेपा तर्फ आउँदै गरेको बा. ८४ प.६८२३ नम्बारको स्कुटरले बनेपा तपर्ल आउँदै गरेका बा.३२ प.७०३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । दुर्घटनामा ३ जना घाईते भएका थिए ।

दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक झापाको कन्चन कबल गाउँपालिका वडा नं ६ का ३५ वर्षिय नरेन्द्र कुमार राजवंशिको घुँडामा चाट लागेको छ । उनको काठमाडौं स्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भईरहेको छ ।

स्कुटर चालक बनेपा नगरपालिका वडा नं ८ का ५७ वर्षिय सुर्यकुमार रंजितकारको बाँया खुट्टामा चोल लागेको र उनको शिर मेमोरियल अस्पतालमा उपचार भईरहेको छ ।

490
Shares

ट्रेन्डिङ