सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • काभ्रेमा टिपर र मोटरसाइकर ठोक्कियो : एक जना घाईते, टिपर चालक फरार

काभ्रेमा टिपर र मोटरसाइकर ठोक्कियो : एक जना घाईते, टिपर चालक फरार

33875
Shares
काभ्रेमा टिपर र मोटरसाइकर ठोक्कियो : एक जना घाईते, टिपर चालक फरार

काभ्रे । काभ्रेको पात्लेखेतमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा १ जना गम्भिर घाईते भएका छन् ।

जिल्लाको धुलिखेल नगरपालिका अन्तर्गत वडा न ११ को पात्लेखेत स्थित हनुमान मा.बि नजिकै वि.पि राजमार्गमा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक नमोबुद्ध नगरपालिका वडा न ७ बस्ने वर्ष २६ का राम श्रेष्ठ घाईते भएका हुन् ।

 

बा ५ ख ७८४१ नम्बरको टिपरले बा ०१०१९ प ४६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक घाईते भएका छन । घाईते मोटरसाईकल चालकको छातिमा चोट रहेको र बायाँ हात फयाक्चर रहेको काभ्रे प्रहरीले जनाएको छ । घाईतेको अहिले घुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

 

टिपर चालक भने फरार रहेको र खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेका सुचना अधिकारी ढुन्डिराज न्यौपानेले जानकारी दिए ।

33875
Shares

ट्रेन्डिङ