सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • २८ जना लागूऔषधसहित पक्राउ

२८ जना लागूऔषधसहित पक्राउ

695
Shares
२८ जना लागूऔषधसहित पक्राउ

बर्दिया | बर्दियाको बढैयाताल गाउॅपालिकामा ५ महिनामा लागूऔषधसहित २८ पक्राउ परेका छन् ।

साउनयता भारतको बलैगाउँ हुँदै बढैयाताल–२ मा लागूऔषध ब्राउन सुगरसहित २८ जना पक्राउ परेका सशस्त्र प्रहरी गुल्म कण्ठपुरका सशस्त्र प्रहरी उपरीक्षक मोहन केसीले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाबाट २९ ग्राम ८ सय ५० मिलीग्राम ब्राउनसुगर बरामद भएको छ ।

पक्राउ पर्नेमा धेरै जसो ३५ वर्ष मुनीका सेवनकर्ता र सप्लायर्स रहेका उनले जनाए । उनीहरु बर्दिया, बाँके, सुर्खेतलगायत जिल्लाका हुन् ।

695
Shares

ट्रेन्डिङ