सबैको समाचार
आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • दीपक मनाङे चौथो पटक मन्त्री बन्दै

दीपक मनाङे चौथो पटक मन्त्री बन्दै

295
Shares
दीपक मनाङे चौथो पटक मन्त्री बन्दै

काठमाडौं | आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई आजै मन्त्री बनाउने तयारी गरेको बुझिएको छ ।

उच्च स्रोतका अनुसार मनाङेलाई आजै शपथको तयारी छ । मनाङे स्वतन्त्र चुनाव जितेर पछि एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

तर राजनीतिक समीकरण फेरिएपछि मनाङेले पार्टी छोडेका हुन् । अहिले गण्डकीको राजनीतिमा ट्वीस्ट भएको छ । नयाँ बनेको गठबन्धनले पनि बहुमत पुर्याउन नसक्ने भएपछि छुट्टाछुट्टै तयारी भइरहेको छ ।

कांग्रेसले पनि सत्ता जोगाउन आन्तरिक गृहकार्य गरिरहेको छ भने नयाँ गठबन्धनले नयाँ सरकार बनाउने दाबी छोडेको छैन ।

स्रोतका अनुसार नेपाल समाजवादी पार्टीका नेता तथा माओवादीको चुनाव चिन्हबाट सांसद बनेका फडिन्द्र देवकोटाले छुट्टै दल पाउनुपर्ने दाबी गरिरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मुख्यमन्त्री पाण्डेले फकाइरहेका छन् ।

राप्रपाले मध्यावधिमा जानबाट रोक्ने बताइरहेको छ ।

295
Shares

ट्रेन्डिङ