सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु

310
Shares
पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु

काभ्रे | काभ्रेको नमोबुद्ध नगरपालिका ६ मा एक युवकको पौडी खेल्ने क्रममा मृत्यु भएको छ ।

नमोबुद्ध नगरपालिका ६, रोशी खाक्से बार्का खोलामा रहेको काशीखण्ड बृहत् खानेपानी आयोजनामा काम गर्ने मजदुरको मृत्यु भएको काभ्रे प्रहरीले जनाएको छ ।

काशीखण्ड बृहत् खानेपानी आयोजनामा काम गर्ने कामदार काभ्रे रोशी गाउँपालिका ८, खार्पाका ४० वर्षीय अमर कामी, वडा १० वाल्टिङका २२ वर्षीय मनोज थापामगर र रोशी ६ का २६ वर्षीय कान्छामान विक पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा कान्छामानको डुबेर मृत्यु भएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

310
Shares

ट्रेन्डिङ