सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • गृहमन्त्री रवि लामिछानेको बचाउमा केपी ओली

गृहमन्त्री रवि लामिछानेको बचाउमा केपी ओली

315
Shares
गृहमन्त्री रवि लामिछानेको बचाउमा केपी ओली

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उजुरी दर्ता भएकै आधारमा मन्त्री नहुने हो भने सबै पद खाली हुने बताएका छन् ।

मङ्गलबार धनगढीमा सञ्चारकर्मीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा उजुरी परेको र कांग्रेसले त्यही विषय संसदमा उठाएकोबारे सोधेको प्रश्नमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

‘उजुरी हालेकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री, सांसद सबै खाली हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भैगो नि !’, ओलीको भनाइ छ ।

315
Shares

ट्रेन्डिङ