सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • काभ्रेका स्थानीय तहलाई भ्रष्ट्राचाररहित बनाउन सक्ने पार्टी काँग्रेस हो : गणेश लामा

काभ्रेका स्थानीय तहलाई भ्रष्ट्राचाररहित बनाउन सक्ने पार्टी काँग्रेस हो : गणेश लामा

26800
Shares
काभ्रेका स्थानीय तहलाई भ्रष्ट्राचाररहित बनाउन सक्ने पार्टी काँग्रेस हो : गणेश लामा

 

नेपाली काँग्रेसका केन्द्रिय सदस्य गणेश लामाले नेपाली काँग्रेसलाई सुदृढ र संगठित बनाए अगाडी लैजानुपर्नेमा जोड दिएका छन् ।

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ११ मा नेपाली काँग्रेसको पार्टी कार्यालयको उद्घाटन एबं पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले यस्तो बतएका हुन् । नेता लामाले आगामी बैशाखमा हुने स्थानीय चुनावमा लोकतन्त्रको पक्षमा जनमत खडा गर्नुपर्ने बताए ।

आगामी चुनावबाट काँग्रेसको नेतृत्वले काभ्रेका स्थानीय तहलाई भ्र ष्ट्राचाररहित बनाउने र भ्रष्ट्राचाररहित शुसाशन कायम गर्ने बताएका छन् । नेता लामाले पार्टीमा नवप्रवेशी व्यक्तिहरूलाई स्वागत गर्न पाउँदा हर्षित भएको बताए । उनले समृद्ध काभ्रे बनाउने अभियानमा थप प्रेरणा मिलेको समेत उल्लेख गरे ।

केन्द्रिय सदस्य गणेश लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको विषेश अतिथिमा जिल्ला सभापति तीर्थ लामा, क्षेत्र नं १ का सभापति दिनेश लामा लगायतको विषेश आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बाेल्दै प्रतिनिधि सभा क्षेत्र नं. १ का सभापति दिनेश लामाले एमसिसि एउटा परियाेजना मात्रै भएकाे र याे नेपालकाे हितमा रहेकाे बताए।

यसैबिचमा जिल्ला सभापति तिर्थ लामाले पार्टीको हित विपरीत नभई विधान अनुसार चल्नु पर्ने र विभिन्न पार्टी परित्याग गरि प्रवेश गर्नु भएकाे सयाैं नवप्रवेशीहरुलाई लाेकतन्त्रकाे पक्षमा गाेलबद्द हुन आउनु भएकाेमा स्वागत विभिन्न तहतप्कामा उचित स्थान दिन पार्टी तयार रहेकाे बताए  ।

नमोबुद्ध नगर सभापति कुन्साङ लामाले कार्यक्रममा मन्तब्य राख्ने क्रममा नगर भित्रका विविध समस्यहरुलाई नजिकबाट बुझेकाे र जाे काेहि हर प्रकारकाे समस्यलाई नजिकबाट समाधानकाे लागि हर समय हर क्षण तयार रहेकाे समेत बताए ।

त्यस्तै नमोबुद्ध नगर कार्यसमितिका सभापति कुन्साङ लामा,भुम्लु गाउँपालिका सभापति दावा लामा ,नेपाली काँग्रेस महासमिति सदस्य रोशन लामा लगायतका नेताहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

विभिन्न पार्टी परित्याग गरि नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका सयौं नवप्रवेशीहरुलाई टिका तथा खादा ओढाएर स्वागत गरिएको ११ नं वडा समितिका सभापति शंकरदेव भट्टराईले जानकारी दिए ।

कार्यक्रमको संचालन नमोबुद्ध नगरपालिकाका सचिव महेन्द्र थिङले गरेका थिए ।

 

 

26800
Shares

ट्रेन्डिङ