सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुनचाँदीको भाउ बढ्याे , कतिमा हुँदैछ खरिद–बिक्री?

सुनचाँदीको भाउ बढ्याे , कतिमा हुँदैछ खरिद–बिक्री?

370
Shares
सुनचाँदीको भाउ बढ्याे , कतिमा हुँदैछ खरिद–बिक्री?

काठमाडौं | सोमबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २४ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख २४ हजार पाँच सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २३ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १५ सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १५ सय २५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ६० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

370
Shares

ट्रेन्डिङ