सबैको समाचार
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • हजुरबुबा हजुरआमा दिवस सम्पन्न

हजुरबुबा हजुरआमा दिवस सम्पन्न

3540
Shares
हजुरबुबा हजुरआमा दिवस सम्पन्न

काभ्रे :- काभ्रेको बनेपामा रहेकाे विद्या सागर इङ्लिस सेकेण्डरी स्कुलमा हजुरबुबा हजुरआमा दिवस सम्पन्न भएकाे छ । विगत दश वर्षदेखि मनाइँदै आएकाे यस कार्यक्रमलाई याे पर्ष पनि निरन्तरता दिइएकाे हाे ।

 

कार्यक्रममा सयाैँकाे सङ्ख्यामा हजुरबुबा हजुरआमाहरूकाे उपस्थिति रहेकाे थियाे । उक्त कार्यक्रममा विद्यार्थी भाइ बहिनीहरूले पुराना लाेक गीत,लाेक नृत्यका साथै विभिन्न प्रतिभाहरू प्रस्तुत गरेका थिए ।

 

जेष्ठ नागरिककाे सम्मान स्वरूप उक्त कार्यक्रमकाे आयाेजना गरिएकाे स्कुलका प्रिन्सिपल हिरा शर्मा नेपालले जानकारी दिनुभयाे ।

3540
Shares

ट्रेन्डिङ