सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बागमती प्रदेशसभा बैठक सोमबार बस्ने

बागमती प्रदेशसभा बैठक सोमबार बस्ने

250
Shares
बागमती प्रदेशसभा बैठक सोमबार बस्ने

काठमाडौँ | बागमती प्रदेशसभाको बैठक चैत १९ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले चैत्र १९ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रस्तावमा सभामुख पाठकले प्रदेशसभा बैठकको समय निर्धारण गरेका हुन् । उक्त बैठकमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौंडाले जनाएको छ ।

प्रदेशसभाको बैठक बस्नु पूर्वसभामुख पाठकले कार्य व्यवस्था परामर्श समितिको समेत आह्वान गरेका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठक चैत्र १८ गते आइतबार दिउँसो ३ बजे बस्ने तय भएको छ ।

मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव र अन्य विषयहरूका विषयमा छलफल गर्न कार्य व्यवस्था परामर्श समितिको बैठक आह्वान गरिएको हो ।

११० बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेलको सरकार टिकाउन ५६ सांसदको मत आवश्यक रहन्छ । बदलिएको सत्ता समीकरणका कारण मुख्यमन्त्री जम्कट्टेल अंक गणितीय हिसाबमा बहुमतमा रहेका छन् । मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारलाई माओवादी केन्द्रका २१, एमालेका २७ (उपसभामुखसहित), एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ । सो दलहरू जम्कट्टेल नेतृत्वको सरकारमा एमाले बाहेकका सहभागी भइसकेको छ ।

प्रदेशसभाका सबैभन्दा ठुलो दल कांग्रेस, नेकमीपा र राप्रपा भने मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा देखिने भएका छन् । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३ (सभामुखसहित) र नेमकीपाको ३ सांसद रहेका छन् ।

250
Shares

ट्रेन्डिङ