सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • विद्यार्थीलाई राष्ट्रिय परिचय वितरण गर्नेबारे रास्वपाको छलफल

विद्यार्थीलाई राष्ट्रिय परिचय वितरण गर्नेबारे रास्वपाको छलफल

335
Shares
विद्यार्थीलाई राष्ट्रिय परिचय वितरण गर्नेबारे रास्वपाको छलफल

 काठमाडौं । विद्यार्थीलाई राष्ट्रिय परिचय पत्र प्रदान गर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीसँग छलफल गरेको छ ।

पार्टी र रास्वपाबाट मन्त्री बनेकाहरुको आइतबार हुने नियमित छलफलमा विद्यार्थीलाई राष्ट्रिय परिचय उपलब्ध गराउने बारेमा छलफल भएको हो । बैठकमा श्रम मन्त्री डीपी अर्यालले श्रम स्विकृति एक घण्टाभित्र वितरण हुने गरी व्यवस्था मिलाइएको जानकारी गराएका थिए ।

विद्यार्थीलाई परिचय पत्र विरतणका लागि गृह र शिक्षा मन्त्रालयले समन्वय गरेर तयारी गर्ने गरी छलफल भएको ढकालले बताए ।

वैदेशिक रोजगार विभागले तीन शिफ्टमा प्रदान गर्ने व्यवस्था गरेको छ । विहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राती ९ बजेदेखि बिहान ४ बजेसम्मको ३ सिˆट कायम गरेर सेवा थालिएको हो ।

रास्वपाले प्रत्येक आइतबार विहान आफ्ना चार मन्त्रीसँग छलफल गर्दै आएको छ ।

335
Shares

ट्रेन्डिङ