सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • काभ्रेमा आज परीक्षण शुन्य, ८६ जना निको भए

काभ्रेमा आज परीक्षण शुन्य, ८६ जना निको भए

4880
Shares
काभ्रेमा आज परीक्षण शुन्य, ८६ जना निको भए

 

काभ्रेमा बितेको २४ घण्टामा एकजनाले कोभिड परीक्षण गरेनन् ।

पीसीआर र एन्टिजेन दुबै प्रविधिमा एक जनाले पनि परीक्षण नगराएका सम्भवतः ओमिक्रोन भेरियन्ट फैलिए यता पहिलो हो ।

स्वास्थ्य कार्यालय काभ्रेका बितेको २४ घण्टामा ८६ जना कोभिडका बिरामी निको भएका छन् । योसँगै सक्रिय कोभिड बिरामीको संख्या ३१७ मा झरेको छ ।

२९ जना कोभिडका बिरामी अस्पतालको आईसोलेसनमा र २८८ जना होम आईसोलेसनमा रहेका छन् ।

काभ्रे सबै पालिकामा सयभन्दा कम सक्रिय कोभिडका बिरामी छन् । बनेपामा ९६ जना, धुलिखेल ९१ र पनौती नगरपालिकामा ६८ जना रहेका छन् । पाँचखालमा १६, नमोबुद्धमा ६ र मण्डनदेउपुरमा ८ जना कोभिडका बिरामी छन् ।

भुम्लुमा ११ जना, रोशीमा ७ जना, तेमाल र चौरीदेरालीमा ३/३ जना, खानीखोला र महाभारतमा २/२ जना तथा बेथानचोक गाउँपालिकामा ४ जना कोभिडका बिरामी रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

 

4880
Shares

ट्रेन्डिङ