सबैको समाचार
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • खैरो हिरोइनसहित एक युवक पक्राउ

खैरो हिरोइनसहित एक युवक पक्राउ

255
Shares
खैरो हिरोइनसहित एक युवक पक्राउ

धनगढी । कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका निम्बुखेडा बस्ने ३० वर्षीय भुवन शाहु रहेको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका-४ बसपार्कबाट ३४.१ ग्राम खैरो हिरोइनसहित उनलाई पक्राउ गरिएको हो ।

विशेष सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरका प्रहरी वरिष्ठ नायव निरीक्षक केवबराज जोशीको नेतृत्वको टोलीले शाहुलाई पक्राउ गरेको हो ।

उनको साथबाट नगद ८ हजार रूपैयाँ र मोबाइल समेत बरामद गरिएको छ ।

255
Shares

ट्रेन्डिङ