सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • धुलिखेल भट्टीडाँडा सडक पिच , स्थानीयमा छायो खुसी

धुलिखेल भट्टीडाँडा सडक पिच , स्थानीयमा छायो खुसी

1105
Shares
धुलिखेल भट्टीडाँडा सडक पिच , स्थानीयमा छायो खुसी

काभ्रे :- जिल्लाको सदरमुकाम धुलिखेल देखि भट्टीडाँडा सम्मको सडक बिस्तारपछि पिच गरिएको छ ।

सडकलाई बिपी राजमार्ग जोड्ने बैकल्पिक सडकको रुपमा समेत प्रयोग गरिदै आएको छ। धुलिखेल देखि काभ्रेभन्ज्याङ सम्म करिब ७ किमी यात्रामा पुग्न सकिने छ।

आस्पाल्ट पिच गरिएको सडक अहिले करिब १ हजार २० मिटर सडक समपुरक बजेट अन्तर्गत रहेर नगरले पिचको बोलपत्र आवहान गरी निर्माण सुरु गरेको हो। अहिलेलाई पिच भने सारथि होटल नजिक देखि भट्टीडाँडा सम्म मात्र हुनेछ। अहिले सडकको लम्बाई न्युनतम ५ मिटर र अधिकांश स्थानमा ६ मिटर पिच हुनेछ। पिचको मोटाई भने ५० मिलिमिटरको हुनेछ।

सडक पिच भने अहिले २ करोड ८७ लाख कुल बजेटमा नगरको ५० % र संघिय सरकारको ५० % मा सडक पिच गरिएको धुलिखेल नगरपालिकाका वडा न ८ का वडा अध्यक्ष विनोद गौतमले जानकारी दिए ।

जनप्रतिनिधि र इन्जिनियरकै निरीक्षणमा सडक पिच भैरहेको छ । सडक पिच भैरहदा स्थानिय खुसी भएको सडक पिच निहाल्दै गरेको स्थानीयको उपस्थितिले स्पष्ट देखाएको थियो ।

उता भट्टीडाँडाबाट अगाडी भने सडकमा खाल्डा खुल्डी मात्र नभै कतिपय ठाँउ अत्यन्तै जोखिम रहेको छ। निर्माणको पहल आफुले पनि गर्ने र वडा न ९ का वडा अध्यक्षसँग समन्वय गर्ने र भन्ज्यांङ्ग सम्मनै सडक आवाज जावतमा सहजताको पहल गर्ने बाचा समेत पिचको निरिक्षण गरिरहेका गौतमले बताए।

1105
Shares

ट्रेन्डिङ