सबैको समाचार
मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • करौडौ पर्ने बुद्धचित काटेको प्रकरण : ४ जना पक्राउ,१ जना आज छुट्न सक्ने

करौडौ पर्ने बुद्धचित काटेको प्रकरण : ४ जना पक्राउ,१ जना आज छुट्न सक्ने

725
Shares
करौडौ पर्ने बुद्धचित काटेको प्रकरण : ४ जना पक्राउ,१ जना आज छुट्न सक्ने

काभ्रे :- जिल्लाको रोशी गाउपालिका वडा न ५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको करौडौ पर्ने बोधिचित्त (बुद्धचित्त) को रुख अज्ञात समुहले काटेको थियो । मालाको बोट काटेको स्थानमा चार थान सकेट बम र जनमुक्ती सेनाको ज्याकेट र हसियाहतौडा सहित् को एक वटा झण्डा फेला परेको थियो। भने घटना पश्चात अज्ञात समूह फरार रहेको थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेको डिएसपी राजकुमार श्रेष्ठका अनुसार अहिले सम्म सो घटनामा संलग्नताको आशंकाको आधारमा ४ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्। पक्राउ पर्नेहरुमा जनमुक्ति सेनाका पुर्व कमाण्डर प्रभात तामाङ, जनमुक्ति सेनाका कार्यकर्ता धिरज भनिने श्यामकृष्ण मैनाली, सिजन भनिने मानबहादुर तामाङ र दुर्गालाल तामाङलाई पक्राउ परेका हुन्।

प्रभातलाई काठमाडौ स्थित बनस्थली बर्गर हाउसमा नयाँ बर्ष मनाईरहेका बेला पक्राउ गरिएको हो भने मानबहादुरलाई सकेट बम राखेकै दिन पक्राउ गरिएको थियो । मैनाली र दुर्गालाललाई बनेपाबाट पक्राउ गरिएको हो । प्रभात र मानबहादुरको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। प्रभातलाई छाड्न माथिल्ला तहबाट अत्यन्तै दबाब आईरहेको प्रहरी श्रोतले जानाएको छ । सुचना अधिकारीका अनुसार एक जनाको संलग्नता खास नदेखिएकाले एक जनालाई आज छाड्न सकिने समेत जानकारी दिए। संगै ८ जना विरूद माला धनि र ब्यापारीले संयुक्त रुपमा किटानी जाहेरी दिएको बताए।

बोधिचित्त (बुद्धचित्त) मालाको बोट अपरिचित १५/२० जनाको समुहमा आई गत २९ गते मध्ये राती काटीदिका थिए। बोट काटिएको स्थानमै र घरको ढोका र आगनमा ४ वटा घरेलु सकेट बम राखिएको र नजिकै जनमुक्ति सेना नेपाल लेखेको ज्याकेट फेला परेको थियो। सोहि घटना पश्चात अनुसन्धानलाई तिब्रता दिएको प्रहरीले अहिले सम्म ४ जनालाई पक्राउ गरेको हो।

उता बोधिचित्त (बुद्धचित्त)को बोट धनि अर्थात ठकुरानी तामाङका साईलो छोरा शेर ब तामांङ्ग र माला किन्ने सम्झौता गरेका समिप त्रिपाटी सहितले संयुत रुपमा हिजो मात्र ८ जना विरुद्ध किटानी जाहेरी दर्ता गराएको माला धनि शेर ब तामाङ्गले जानकारी दिएका छन्। उजुरी भने शेर ब तामाङ्ग सहित माला किन्ने सम्झौता गरेका ब्यापारीले संयुक्त रुपमा दर्ता गराएका हुन्। फूल फुल्दै गरेको बोधिचित्तको रुख काटिएको थियो । उक्त रुखमा फल्ने बोधिचित्त दाना यस वर्ष रु तीन करोडमा बिक्री गर्न बैना गरिएको तामाङले बताए।

725
Shares

ट्रेन्डिङ