सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • काभ्रेको पनौती नगरपालिकामा निःशुल्क पशु खोप अभियान

काभ्रेको पनौती नगरपालिकामा निःशुल्क पशु खोप अभियान

360
Shares
काभ्रेको पनौती नगरपालिकामा निःशुल्क पशु खोप अभियान

काभ्रेपलान्चोक :- पनौती नगरपालिकाले आजदेखि निःशुल्क पशु खोप अभियान सञ्चालन गरेको छ ।

गर्मी बढेसँगै पशुमा विभिन्न रोग  देखिने भएकाले नगरपालिकाले  किसानका गोठमै  पुगेर खोप अभियान थालेको हो । नगरमा विभिन्न मितिमा अभियान जेठ २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

गत वर्ष नगरले नगरका नौ हजार नौ पशुमा लम्पी स्किनविरुद्धको खोप लगाइएको  नगरका पशुपक्षी शाखा प्राविधिक अधिकृत लीलानाथ सापकोटाले बताए ।

नगरले गाई, भैँसीमा लाग्ने लम्पी स्किन तथा भेडाबाख्रामा लाग्ने पिपिआर रोगविरुद्धको खोप निःशुल्क लगाउन लागेको सापकोटाले जानकारी दिए ।

गत वर्ष पनौती नगरमा लम्पी स्किन रोगले महामारीको रूप लिँदा तीन सय किसानका पाँच सय पशु मरेका थिए ।

लम्पी स्किनका कारण काभ्रेपलाञ्चोकमा गत वर्ष ३१ हजारभन्दा बढी पशु सङ्क्रमित बनेका छन् । ।

यसमध्ये जिल्लाको १३ स्थानीय तहमा छ सय ८१ पशुचौपाया मरेका थिए ।

360
Shares

ट्रेन्डिङ