सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • इजरायल बस्ती विस्तार ‘शान्तिका लागि राम्रो नहुने’ : ट्रम्प

इजरायल बस्ती विस्तार ‘शान्तिका लागि राम्रो नहुने’ : ट्रम्प

2445
Shares
इजरायल बस्ती विस्तार ‘शान्तिका लागि राम्रो नहुने’ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार प्रकाशित इजरायली हेयम पत्रिकासँगको अन्तरवार्तामा प्यालेस्टिनी भूभागमा इजरायली पक्षले विस्तार गर्न लागेको बस्ती ‘शान्तिका लागि सही नहुने’ बताउनुभएको छ ।
राष्ट्रपति ट्रम्पको पदबहाली पछि इजरायली बस्ती विस्तारसम्बन्धि प्रत्यक्ष प्रतिक्रिया आएको यो पहिलो पटक हो ।
हिब्रु भाषामा प्रकाशित हायममा ट्रम्पले विवादास्पद प्यालेस्टिनी भूमिमा इजरायली बस्ती बसाउने कुरा राम्रो नभएको बताउनुभएको हो । उक्त अवसरमा राष्ट्रपति ट्रम्पले आफूले तेलअभिवमा रहेको अमेरिकी राजदूतावासलाई जेरुसेलममा सार्ने कुराबारे पनि गम्भीर अध्ययन गरिरहेको बताउनुभयो ।
इजरायली प्रधानमन्त्रीको वासिङटन भ्रमणपूर्व उक्त पत्रिकालाई दिएको अन्तरवार्तामा ट्रम्पले “आफू बस्ती विस्तार शान्तिका ठिक हुन्छ भन्ने व्यक्ति नभएको” बताउनुभएको उक्त पत्रिकाले जनाएको छ ।
अन्तर्राष्ट्रिय समुदायद्वारा वेस्ट बैंक र पूर्वी जेरुसेलममा बस्ती विस्तार गरिनु गैरकानुनी भएको जनाउँदै यसले प्यालेस्टिनीको शान्तिप्रतिको आशामा तुषारापात भएको जनाउँदै आएका छन् ।
ट्रम्प र ट्रम्प प्रशासन भने इजरायलद्वारा हालैका दिनमा विवादित वेस्ट बैंक र पूर्वी जेरुसेलममा छ हजार घर निर्माण गर्ने योजना सार्वजनिक गर्दा विल्कुल चुपचाप देखिएको थियो ।
राष्ट्रपति ट्रम्पले आफू विवादास्पद बस्ती विस्तारका विषयमा साह्रै गम्भीर रुपमा सोचविचार गरिहेको र बस्ती विस्तारसम्बन्धी विवाद समाधान गर्न आफूले पदभार सम्हाल्नुपूर्व नै प्रतिबद्धता जनाएको छ ।
यद्यपि उक्त विवाद समाधान गर्नु सहज नभएको उहाँको प्रतिक्रिया थियो ।
राष्ट्रपति ट्रम्पको अन्तरवार्ता अङ्ग्रेजी भाषामा भने उपलब्ध छैन । रासस÷एएफपी

2445
Shares

ट्रेन्डिङ