सबैको समाचार
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • पत्रकार महासंघ काठमाडौं शाखामा तालाबन्दी

पत्रकार महासंघ काठमाडौं शाखामा तालाबन्दी

3960
Shares
पत्रकार महासंघ काठमाडौं शाखामा तालाबन्दी

देशका सबै जसा पत्रकार महासंघे जिल्ला शाखाहरुमा चुनाव भइसकेको छ र केही जिल्लाहरुमा हुने क्रम जारी रहेको अवस्थामा काठमाडौंमा शाखामा भने ताला भुन्डिएको छ ।
नयाँ सदस्यताको विवादका कारण काठमाडौं शाखामा ठूलो हलचल मच्चिएको छ । नयाँ सदस्यतामा गैर पत्रकारहरुलाई नयाँ सदस्यता दिन लागिएको विवादले नयाँ सदस्यहरुको नामावली प्रकासन पनि गरेको छैन काठमाडौं शाखाले ।
यो काण्ड नसेलाउदै फेरी अर्को काण्ड शुरु भएको छ । पत्रकार महासंघ काठमाडौं शाखामा । सम्बन्धित सदस्यको निवेदन र स्थानान्तर हुने स्थानको अध्यक्ष र स्थानान्तर भई जाने शाखाको कुनै पनि सहमति नभईकनै सदस्यता स्थानान्तर गरेको छ काठमाडौं शाखाले ।
पत्रकार महासंघका केन्द्रिय महासचिव उजिर मगर र काठमाण्डौ शाखाका सचिव रामकृष्ण अधिकारीको मिलेमतोमा मिरमिरे एफ एम, थाहा सन्चार, जनदिसाबाट ८६ जना पत्रकारलाई शाखामा स्थानान्तर गरिएको छ । साथसाथै बाणी एफएमबाट पनि केहि पत्रकार स्थानान्तर भएका छन् ।
जसले गर्दा हामीले काठमाडौं शाखामा तालाबन्दी लगाउने अवस्था सृजना भएको हो । बरिष्ठ पत्रकार एवं प्रेस युनियन तर्फका केन्द्रीय पार्षद भुपेन्द्र आचार्यले डब्लु नेपाललाई टेलिफोन बार्तामा बताए ।
काठमाण्डौ शाखाको निर्वाचन मुखैमा आएको समयमा नेतृत्व तहले बिभिन्न बाहानामा राजनीति भित्र््याउने प्रयास हाम्रालाई सैह्य छैन । यसमा हाम्रो घोर आपत्ती रहेको छ । आचार्य थप्नुहुन्छ ।
काठमाडौं शाखाको दशौं महाधिवेनको मिति तय भइसकेको अवस्था र सदस्यता स्थानान्तर पनि बन्द भई सकेको अवस्थामा महासंघले आफ्नो प्रत्यक्ष संलग्नतामा यसरी गरेको स्थानान्तरणको विरोधमा समर्थन गरी तालाबन्दी कार्यक्रममा लोकेन्द्र केसी, भुपेन्द्र आचार्य,देबेन्द्र चुडाल, रामशरण माझी, मकुन्द ढुङ्गाना, फडिन्द्र फुयाल लगायत थुप्रै पत्रकारहरुको उपस्थिती रहेको थियो ।
साथै यस विरोध कार्यक्रमलाई प्रेस युनियन, प्रेस चौतारी, नेपाल प्रेस सोसाइटी, क्रान्तिकारी पत्रकार सङ्गठन, मिडिया नेपालले संयुक्त रुपमा सहमति जनाइसकेका छन् ।

3960
Shares

ट्रेन्डिङ