सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • वडाध्यक्षको योजनामा रुकुममा सामूहिक हत्याकाण्ड मच्चाइएको गृहको निष्कर्ष

वडाध्यक्षको योजनामा रुकुममा सामूहिक हत्याकाण्ड मच्चाइएको गृहको निष्कर्ष

4265
Shares
वडाध्यक्षको योजनामा रुकुममा सामूहिक हत्याकाण्ड मच्चाइएको गृहको निष्कर्ष

काठमाडौं : पश्चिम रुकुममा भएको ६ जनाको सामूहिक हत्या प्रकरणमा चौरजहारी नगरपालिका–८ का वडाध्यक्षको प्रत्यक्ष संलग्नता रहेको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले वडाध्यक्ष डम्बरबहादुर मल्लले युवतीको घरमा आएका नवराज विक र उनको साथीहरुलाई नियन्त्रणमा लिन स्थानीयलाई भेला पारेको जनाएको छ । उनले नेपाल प्रहरीलाई समेत गुमराहमा राखेको पनि समितिले जनाएको छ ।

घटनाको छानविन गर्न गठित गृह मन्त्रालयका सह–सचिव जितेन्द्र बस्नेतको नेतृत्वको समितिको प्रतिवेदनमा वडाध्यक्ष मल्ललाई रुकुम घटनाको योजनाकार किटान गरिएको छ ।

अनुसन्धान अधिकृतहरुका अनुसार १० जेठमा नवराज १९ जनाको समूह लिएर युवतीको घर भएको ठाउँ चौरजहारी पुगेका थिए । युवतीका बुबाले यसबारे मल्ललाई भनेपछि अपराधिक कार्यमा संलग्न भएको भेटिएको गृहले प्रेस विज्ञप्ति निकाली जनाएको छ ।

उनले लकडाउनको समयमा जाजरकोटबाट केटाहरु छिरे भन्दै नियन्त्रणमा लिने योजना बनाएको र विभिन्न नम्बरमा फोन गरेको जनाइएको छ । उनले ९८४८९६९७३३ नम्बरको मोबाइलबाट मानबहादुर मल्ललाई ९८६६८६८९६८, नेत्रबहादुर मल्ललाई ९८४१५३७६७३ नम्बरमा फोन गरी गाउँलेलाई एकीकृत गराएको पनि समितिले उल्लेख गरेको छ ।

उनले आफ्नो मोबाइलबाट इलाका प्रहरी कार्यालय, चौरजहारीको ०८८–४०११०० नम्बरमा फोन गरेर विवाद हुन लागेको भन्दै उल्टो स्थान बताएको जनाइएको छ ।

आइतबार मात्र तिनै वडाध्यक्ष मल्लसहित ३४ प्रतिवादीविरुद्ध जिल्ला अदालत, रुकुममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय भेदभाव तथा छुवाछुत ऐन अनुसार कारबाहीका लागि मुद्दा दर्ता भैसकेको छ ।

4265
Shares

ट्रेन्डिङ