सबैको समाचार
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीले राखेको प्रस्तावप्रति मोर्चाले विश्वास गरेन !

प्रधानमन्त्रीले राखेको प्रस्तावप्रति मोर्चाले विश्वास गरेन !

3445
Shares
प्रधानमन्त्रीले राखेको प्रस्तावप्रति मोर्चाले विश्वास गरेन !

३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हिजाे संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा समक्ष राखेको प्रस्तावप्रति मोर्चाले विश्वास गरेन ।
प्रधानमन्त्री प्रचण्डले हिजाे आफ्नो कार्यालयमा मधेशी मोर्चाका नेताहरुलाई बोलाएर संसदमा प्रस्तुत संशोधन विधेयकमा रहेका चार विषयमध्ये सिमांकनबाहेक अरु सबै पारित गर्ने र सिमांकनलाई संघीय आयोगमार्फत टुगों लगाउने प्रस्ताव गरेका थिए ।
त्यसलाई मधेशी मोर्चाले सकारात्मक रुपमा लिँदै यसको ठोस निर्णय आजै बस्ने मधेशी मोर्चाको बैठकपछि दिने प्रतिकृया प्रधानमन्त्री प्रचण्डलाई दिएको थियो तर साँझ अबेरसम्म बसेको बैठकले प्रचण्डको प्रस्तावमा हाल कुनै प्रतिकृया नदिने छलफल गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्तावमाथि विश्वास गर्ने आधार छैन, तमलोपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्ताव सकारात्मक भएपनि उनीमाथि विश्वास गर्ने आधारहरु नरहेको कुरा राखेका थिए ।
सरकारमा रहेका अन्य दलहरुसँग छलफल सहमति गरेर यो प्रस्ताव आएको हो कि प्रधानमन्त्री आफ्नै मनले ल्याएको हो त्यसमा मधेशी मोर्चाले आशंका व्यक्त गरेको थियो । बैठकमा सहभागि एक नेताले भने, मधेशी मोर्चाका आन्दोलनलाई कमजोर बनाउनका लागि पनि यस्तो प्रस्ताव आउन सक्छ, त्यसैले प्रचण्डजीको प्रस्तावमाथि तत्कालै विश्वास गरेर प्रतिकृया देखाई हाल्नुपर्ने अवस्था छैन ।’
यद्यपी यस विषयमा प्रचण्डसँग थप छलफल गर्ने र विश्वासिलो आधार दिए मात्र प्रतिकृया दिने मोर्चाले छलफल गरेको छ । प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रस्तावलाई भोलीदेखि कसरी अगाडि बढाउने छन्, त्यसलाई मोर्चाले हेर्ने त्यसपछि मात्र प्रचण्डलाई कुनै प्रतिकृया दिनेछ ।

उपेन्द्रमाथि आशंका:

मधेशी मोर्चाको बैठक चलिरहेकै अवस्थामा जानकारी नै नदिइकन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारबाट समर्थन फिर्ता लिएको जानकारी सुटुक्क सभामुखलाई गराएपछि उनीमाथि प्रश्न तेर्सिएको छ ।
मधेशी मोर्चामाथि जहिले औला उठाउने व्यक्ति आफै आचारसहिंताको उल्लघंन गरेको आरोप पनि उहाँमाथि लागेको बैठकमा सहभागि एक नेताले रातोपाटीलाई बताए । सरकारलाई समर्थन गर्ने विषयमा मोर्चाले सामूहिक निर्णय गरेको थियो भने समर्थन लिने कुरा पनि सामूहिक गर्दा राम्रो हुन्थ्यो तर अचानक एक्लै गएर समर्थन फिर्ताको जानकारी गराउनुले मोर्चाका नेताहरुले उनीमाथि विभिन्न शंका उपशंका गरेका थिए ।
त्यसको जवाफमा उपेन्द्र यादवले आखिर लिखित जानकारी गराउनु नै पर्ने भएकाले आफ्नो दल निर्णय गरेर पत्र बुझाएको प्रतिकृया दिएका थिए । उनले यसमा कुनै प्रकारका आशंका नगर्न पनि आग्रह गरेका थिए ।
सभामुख कहाँ मधेशी मोर्चाको पत्र जाने होइन, पार्टीको छुट्टा छुट्टै पत्र जाने हो, त्यसैले आज एक्लै बुझाए पनि त्यसले फरक नपर्ने भनि उनले स्पष्ट पारेका थिए ।
हिजाे मधेसी मोर्चाले आज तय गरेका आन्दोलनका कार्यहरुः

3445
Shares

ट्रेन्डिङ