सबैको समाचार
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बाल मन्दिरलाई एनआइसी बैंकको सहयोग

बाल मन्दिरलाई एनआइसी बैंकको सहयोग

3710
Shares
बाल मन्दिरलाई एनआइसी बैंकको सहयोग

एनआइसी बैंकबाट प्रर्वद्धित एनआईसी फाउण्डेशन र युनाईटेड डिष्ट्रिव्युर्टस नेपालले नक्सालस्थित नेपाल वाल मन्दिरलाई दुई लाख ४० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ ।
सहयोग रकम फाउण्डेशनका संयोजक अशोक अग्रवाल तथा बैंकका र्निदेशक राजेन्द्र अर्यालले सोमवार नेपाल बाल मन्दिरकी अध्यक्ष रीता सिंहलाई हस्तान्त्रण  गरे । उक्त सहयोग रकम मासिक २० हजार रुपैयाँका बाल बालिकाको खानपिन वापत प्रदान गरिने बैंकले जारी प्रेस विज्ञप्तिमा छ ।
यसका अतिरिक्त अग्रवालले बाल मन्दिरलाई आवश्यक विभिन्न कपडा, सिरकको खोल तथा एनआईसी बैंकका कर्मचारीका तर्फबाट ५४ हजार रुपैयाँको थप सहयोग पनि प्रदान गरिएको थियो ।
नक्साल स्थित बाल मन्दिरमा २ महिना देखि १६ वर्ष सम्मका १४० जना बाल बालिका छन् । बाल बलिकाको भरण, पोषण, अध्यापन लगायतका सञ्चालन गतिविधिमा दाताहरुमा निर्भर यो संस्था हाल स्रोतको अभावमा निकै अप्ठ्यारो स्थितिमा गुज्रिरहेको जानकारी समाचार माध्यमहरुमा प्रकाशित भएपछि एनआईसी फाउण्डेशनले सहयोग प्रदान गरेको हो ।
फाउण्डेशन एनआईसी बैंकको सामाजिक दायित्वका काम गर्ने उद्धेश्यले प्रवद्र्धित नाफारहित संस्था हो ।

3710
Shares

ट्रेन्डिङ