सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुनको मूल्य घट्यो,कतिमा हुँदैछ किनबेच?

सुनको मूल्य घट्यो,कतिमा हुँदैछ किनबेच?

3800
Shares
सुनको मूल्य घट्यो,कतिमा हुँदैछ किनबेच?

काठमाडौं, ११ असोज : नेपाली बजारमा बिहीबार पनि सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला एक हजार चार सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

3800
Shares

ट्रेन्डिङ