सबैको समाचार
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड बजेट

मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड बजेट

3160
Shares
मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड बजेट

काभ्रे: बाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तीर्थ लामामार्फत काभ्रेमा २ अर्ब १९ करोड ५५ लाख ६० हजारका योजना आर्थिक बर्ष २०८०/८१ को लागि बजेटमा समावेश भएका छन् ।

प्रदेश सरकारका विभिन्न मन्त्रालय र मातहतका कार्यालय र स्थानीय तहमार्फत कार्यान्वय हुने ठूलो संख्यामा योजना र बजेट समावेश भएको हो । संघीयता कार्यान्वयनका क्रममा प्रदेश सरकार गठन भएपछि यतिको परिमाणमा योजना र बजेटमा काभ्रे समावेश भएको यो पहिलो पटक हो ।

नेपाली कांग्रेस काभ्रेका सभापति समेत रहेका लामा मन्त्री रहेका खानेपानी, उर्जा र सिंचाई मन्त्रालयमार्फत सबैभन्दा धेरै बजेट काभ्रेका योजनामा विनियोजन भएको छ । उक्त मन्त्रालयबाट काभ्रेमा १ अर्ब ४१ करोड २८ लाख ६० हजार रकम विभिन्न योजनामा विनियोजना भएको छ ।

क्षेत्र नं १ (क) मा ४७ करोड ६३ लाख ६० हजार बराबरको खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजना समावेश भएका छन् । प्रतिनिधी सभा क्षेत्र नं १ (ख) मा ४६ करोड २७ लाख ५० हजारका योजना समावेश भएका छन् ।

काभ्रे क्षेत्र नं २ तर्फ खानेपानी, उर्जा तथा सिंचाई सम्बन्धी योजनामा ४७ करोड ३७ लाख ५० हजार रकम विनियोजन भएको छ ।मन्त्री लामामार्फत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट क्षेत्र नं १ (क) मा १४ करोड ६ लाख, प्रदेश सभा १ (ख)मा ३४ करोड १५ र अन्तरपालिका र जिल्लास्तरीय योजनामा ११ करोड २० लाख गरी ५९ करोड ४१ लाख रकम विनियोजन भएको छ ।

सामाजिक विकास, वन तथा वातावरण मन्त्रालय, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयबाट पनि मन्त्री लामामार्फत १९ करोड ८६ लाख रकम विनियोजन भएको छ ।सामाजिक विकास, वन, पर्यटनतर्फ प्रदेश सभा १ (ख) मा ४ करोड ३६ लाख, १ (क) तर्फ ९ करोड २० लाख र काभ्रे क्षेत्र नं २ मा ती मन्त्रालयबाट ५ करोड २९ लाख २५ हजार रकम विनियोजन भएको छ ।

लामा नै मन्त्री रहेका प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयमार्फत काभ्रे क्षेत्र नं १ प्रदेश सभा १ (ख) अन्तर्गत धुलिखेलका वडा नं ८, ९, १०, ११ र १२ मा खानेपानीतर्फ ३ करोड ६ लाख र सिंचाईतर्फ १ करोड ६० लाखका योजना समावेश भएका छन् । रोशी गाउँपालिकाका वडा नं १ देखि ५ सम्मका वडामा सिंचाईतर्फ ५ करोड ६५ लाख र खानेपानीतर्फ ४ करोड ५९ लाख बराबरका योजना समावेश भएका छन् ।

खानीखोला गाउँपालिकामा सिंचाईतर्फ ४ करोड ७५ लाख, खानेपानीतर्फ ४ करोड १५ लाख, नमोबुद्ध नगरपालिकाको वडा नं १, २, ६, ७, ८, ९, १० र ११ मा सिंचाईतर्फ ६ करोड ९७ लाख र खानेपानीतर्फका ४२ योजनामा ८ करोड ४० लाख रकम विनियोजन भएको छ । प्रदेश सभा १ (ख) अन्तर्गतका पनौतीका वडा नं ४ देखि १० सम्मका वडामा सिंचाईतर्फ २ करोड ७० लाख र खानेपानीतर्फ ३ करोड ७५ लाख रकम विनियोजन भएको छ । बेथानचोक गाउँपालिकाको वडा नं ६ मा मात्रै सिंचाईतर्फ ४५ लाख बराबरका २ योजना र खानेपानीतर्फ ३० लाखका २ योजना समावेश भएका छन् ।

प्रतिनिधी सभा क्षेन नं १ को प्रदेश सभा (क) अन्तगर्त चौरीदेउराली गाउँपालिकामा सिंचाईका २४ योजनामा २ करोड ८७ लाख, खानेपानीका २५ योजनामा ३ करोड ७६ लाख, महाभारत गाउँपालिकामा खानेपानीका २४ योजनामा ४ करोेड २१ लाख र सिंचाईतर्फका २९ योजनामा ६ करोड ४१ लाख विनियोजन भएको छ । तेमाल गाउँपालिकामा सिंचाईतर्फ ६ करोड २ लाख र खानेपानीतर्फ ४ करोड ९२ लाख रकम विनियोजन भएको छ ।

नमोबुद्ध नगरपालिकाको वडा नं ३, ४ र ५ मा खानेपानीका ५ योजनाको लागि ६० लाख र सिंचाईतर्फका ३ योजनका लागि ५५ लाख विनियोजन भएको छ । प्रदेश सभा १ (क)मा पर्ने रोशीका वडा नं ६ देखि १२ नं सम्मका वडामा खानेपानीतर्फका ३७ योजनामा ७ करोड ७० लाख र सिंचाईतर्फका ३७ योजनामा ९ करोड १२ लाख रकम विनियोजन भएको छ ।

प्रतिनिधी सभा क्षेत्र नं २ अन्तर्गत पाँचखाल नगरपालिकामा सिंचाईतर्फ ७ करोड २६ लाख र खानेपानीतर्फ १ करोड ६ लाख, बनेपा नगरपालिकामा सिंचाईतर्फ ३ करोड २० लाख र खानेपानीतर्फ ४ करोड ६ लाख ५० हजार विनियोजन भएको छ । मण्डनदेउपुर नगरपालिकामा सिंचाईतर्फ ७ करोड ७७ लाख र खानेपानीतर्फ २ करोड ८३ लाख विनियोजन भएको छ ।

प्रतिनिधी सभा क्षेत्र नं २ मा पर्ने धुलिखेल नगरपालिका वडा नं १ देखि ७ सम्म सिंचाईतर्फ २ करोड ८० लाख र खानेपानीतर्फ ८२ लाख, बेथानचोकको वडा नं १ देखि ५ सम्म खानेपानीका १४ योजनामा १ करोड ७५ लाख र खानेपानीका ८ योजनामा १ करोड ७५ लाख र पनौतीका वडा नं १, २, ३, ११ र १२ का १३ सिंचाई योजनामा १ करोड ७५ लाख र खानेपानीका १९ योजनामा २ करोड ५५ लाख बजेट विनियोजन भएको छ । भुम्लु गाउँपालिकामा सिंचाईतर्फ ६ करोड ३५ लाख र खानेपानीतर्फ ४ करोड ७६ लाख विनियोजन भएको छ ।

 

बाग्मती प्रदेश सरकारका मन्त्री लामाको कार्यशैलीको प्रशंसा हुँदै आएको छ ।आर्थिक बर्ष २०८०÷८१ को लागि विनियोबजेट माथिको छलफलमा सहभागी प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत दलका सांसदले समेत न्यायपूर्वक बजेट विनियोजन गरेको उनको प्रशंसा गरेका थिए ।नेपाली कांग्रेस काभ्रेका सभापति रहेका प्रदेश सभा सदस्य लामाले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

२०७९ सालमा भएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित उनी २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । सोही कार्यकालमा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको सदस्य निर्वाचित भएका उनी संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य भएर भुमिका निर्वाह गरेका थिए ।

कम्युनिष्ट गढ मानिने क्षेत्रमा निर्वाचित हुने उनी कांग्रेसको पहिलो उम्मेदवार हुन् । २०६४ सालको निर्वाचनमा कांग्रेसले ७ हजार मत ल्याएको उक्त क्षेत्रमा ७० सालमा उनी १२ हजार भन्दा बढी मत ल्याएर विजयी भएका थिए ।

3160
Shares

ट्रेन्डिङ